समाचार

दार्चुला घटना प्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण

By Thaha - Online

July 31, 2021

दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर ज्यादती गरेको भन्दै नागरिक समाज दाङले एक विज्ञप्ती जरी गदै सरकारकाे ध्यानाकर्षण गराएकाे छ । नेपाली युवा जय सिंहलाई भारतीय सुरक्षा निकायले तुइन काटिदिएर नदीमा खसालेर बेपत्ता भएको समाचारप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण गराएकाे हाे । भारतीय सरकारबाट स्पष्टीकरण, क्षतिपूर्ति, क्षमा याचना र दोषीलाई कडा कावाही गर्ने प्रतिबद्धता माग गर्दै नेपाल सरकाले दूतावासमार्फत यथाशीघ्र पत्राचार गरोस् भनि नागरिक समाज दाङले जोडदार माग गरेकाे छ ।  साथै भारतका लागि नेपाली राजदूतलाई नेपाल बोलाई यो जघन्य कार्यको सत्य तथ्य अध्ययन गरियोस् भनी अपिल गरिएकाे छ । “यस्ता मानवीय समवेदनाहीन कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ । यस मानवता विरोधी कार्यप्रति नागरिक समाज दाङ घोर भर्त्सना गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ जारी प्रेस विज्ञप्ति:

मिति२०७८।०४।१६ गते शनिवार । दार्चुलाको महाकाली नदीमा तुइनमा टुङ्गिएर पारी गइरहेका नेपाली युवा जय सिंहलाई भारतीय सुरक्षा निकायले तुइन काटिदिएर नदीमा खसालेर बेपत्ता भएको समाचारप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता मानवीय समवेदनाहीन कार्यको जति भर्त्सना गरे पनि कम हुन्छ । यस मानवता विरोधी कार्यप्रति नागरिक समाज दाङ घोर भर्त्सना गर्दछ ।

यस अमानवीय कार्यको भारतीय सरकारबाट स्पष्टीकरण, क्षतिपूर्ति, क्षमा याचना र दोषीलाई कडा कावाही गर्ने प्रतिबद्धता माग गर्दै नेपाल सरकारले दूतावासमार्फत यथाशीघ्र पत्राचार गरोस्, नागरिक समाज दाङ जोडदार माग गर्दछ । साथै भारतका लागि नेपाली राजदूतलाई नेपाल बोलाई यो जघन्य कार्यको सत्य तथ्य अध्ययन गरियोस् भनी हार्दिक अपिल गर्दछौँ ।

–के बी मसाल (संयोजक), –नीमबहादुर थापा (उप–संयोजक) एवं नागरिक समाज दाङ कार्य समिति परिवार ।