सैघाली खबर
दाङ , २९ माघ । राप्ती उपक्षेत्रिय अस्पतालमा कार्यरत कर्मचारीहरुले राप्ती स्वास्थ्य प्रतिष्ठान दाङको नियमावली २०७४ माथि विमती राखेका छन । सोमवार घोराहीमा पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले प्रतिष्ठानको नियमावलीले कार्यरत कर्मचारीहरुको पेशा र सेवा सुविधा ग्यारेन्टी नगरेको आरोप छ ।
पत्रकार सम्मेलनमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन डा. जर्नादन पन्थीले प्रतिष्ठान निर्माण नियामावली सरोकारवालाहरुको विचको कुनै समन्वय नै नगरी आफुखुसी नियमावली निर्माण गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘ कर्मचारीको माग कार्यरत करार र ज्यालादारी रोजगारको ग्यारेन्टी प्रतिष्ठानले गर्नुपर्छ । ’ उहाँले पत्रकार सम्मेलन मार्फत यही माघ २२ गते प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिष्ठानको बैठक काठमाण्डौमा मात्रै कन्द्रित भएको निमित्त मेसु पत्रकारहरु संग बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।