समाचार

कपिलवस्तु ट्राफिक कार्यालयद्धारा १ करोड ७८ लाख बढी राजस्व सङ्कलन

By Thaha - Online

July 31, 2021

कपिलवस्तु । कपिलवस्तु जिल्ला ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७/ ७८ को असार मसान्त सम्मको अवधिमा १ करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन गरेको हो । गर्त आर्थिक बर्सभन्दा २२ करोड बढी राजश्व सङ्कलन गरेको ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत आर्थिक वर्षमा ७६÷ ७७ मा १ करोड ५६ लाख ८६ हजार राजश्व संकलन गरेको यो वर्ष २०७७÷ ७८ को असार मसान्त अवधिमा आर्थिक वर्ष यस वर्ष १ करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन गरेको कपिलवस्तु ट्राफिक कार्यालयका प्रमुख दिलीप क्षेत्रीले बताए ।

बिभिन्न जिल्लामा कपिलवस्तु भित्रने , जिल्लाबाट बाहिरिने जिल्लामा जाने र जिल्ला भित्रै चल्ने सवारीका साधन तथा ढुवानीका साधनलाई ट्राफिक नियम उल्लङ्घन गर्दा गरिने कारबाहीबाट उत्त रकम उठेको जिल्ला ट्राफिक प्रमुख क्षेत्रीले बताए । एक महिनाको अवधिमा २० हजार सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको क्षेत्रीले बताए यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्न ढुवानी तथा सवारीका साधनलाई गरिएको कारबाहीबाट अघिल्ला वर्षको तुलनामा यो वर्ष दुर्घटना निकै कम भएको जिल्ला प्रहरी ट्राफिक निरीक्षक क्षेत्रीले बताए ।

क्षेत्रीले बताए जिल्लामा सडक बिस्तार भएसँगै सवारीका साधन र ढुवानीका साधन धेरै चल्न थालेको छ । त्यस्तै चल्ने दुवै साधनमा चालकहरूको लापरबाही गर्दा मानिसहरूको ज्यान जान सक्ने हुँदा हामी ट्राफिक नियम कडा गरेका दुर्घटनामा कमी आएको छ ।

त्यसतै मापसे गरेको सवारी र ढुवानी साधन चलाउने दर घटेको छ भने चालकहरूमा हाम्रै कारण दुर्घटना बढी हुने रहेछ भन्ने कुरा समेत जानकारी भएर नियम पालन गर्न विकास भएको क्षेत्रीले बताए त्यसर्थ हामी जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप सुरक्षित बनाउने अभियान साथै जिने ट्राफिक क्षेत्रीले बताए ।