महा-सचिव रोका माथि आक्रमण गर्नेलाई कारवाहीको माग (बिज्ञप्ती सहित)



सैघाली खबर
दाङ, २९ माघ । दाङ निर्माण व्याववसायी संघले संघका महा सचिव शोकबहादुर रोका माथि आक्रमण गर्नेलाई कारवाहीको माग गरिएको छ । संघका अध्यक्ष बलिभद्र राणा बरिष्ठ उपाध्यक्ष गणेश गिरीले आज सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तोमाग गर्नु भएको हो । गत २६ गते बेलुका कामको शिलसिलामा घोराही स्थित भिग्रेली चोक स्थित होटल म्याङ्गो अगाडी घोराही १५ का केशव नेपाली,अभिमन्यु गिरी र गोविन्द जिशीले पेस्तोल देखाएर कुटपीट गरेका थिए । अध्यक्ष राणा र उपाध्यक्ष गिरीद्धारा हस्तक्षरित बिज्ञप्तीमा हतियार देखाएर आक्रमण गर्नु निन्दनीय कार्य भएको बताउँदै घटनामा संलग्न सबै दोषीलाई कडा कारवाहीको माग गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्