सैघाली खबर
दाङ २९ माघ । राप्ती उपक्षेत्रिय अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको नियमावली माथि आपत्ति जनाएका छन । नियमावलीले अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशा र सेवा सुविधा लाई ग्यारेन्टी गर्न नसकेको भन्दै नियमावली संसोधन हुनुपर्ने माग गरेका छन । सोमवार पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले नियमावली सच्याउनुपर्ने स्थानीय दल तथा जनप्रतिनिधि र कर्मचारीहरुको आपस सहमतिको आधारमा प्रतिष्ठानको गतिविधि अघि बढाउनु सम्वन्धित पक्ष लाई आग्र्रह गरेका छन
पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. जर्नादन पन्थीले प्रतिष्ठान निर्माण नियामावली सरोकारवालाहरुको विचको कुनै समन्वय नै नगरी आफुखुसी नियमावली निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ कर्मचारीको माग कार्यरत करार र ज्यालादारी रोजगारको ग्यारेन्टी प्रतिष्ठानले गर्नुपर्छ । ’ उहाँले पत्रकार सम्मेलन मार्फत यही माघ २२ गते प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिष्ठानको बैठक काठमाण्डौमा मात्रै कन्द्रित भएको निमित्त मेसु पत्रकारहरु संग बताउनुभयो ।
अस्पतालमा कार्यरत १६० जना कर्मचारीहरुको पेशा नियमावलीले संकटमा पारेकाले यो तुरुन्तै सच्याउनु पर्ने आवश्यक रहेको उहाँँले बताउनुभयो । प्रतिष्ठानले करार तथा ज्यालादार कर्मचारीहरुको सेवा सुविधालाई सरकारी ऐन बमोजिम सेवा सुविधा उपलव्ध गराउनुपर्ने माग गर्नुभयो । प्रतिष्ठानका उपकुलपतिको एकलौटी प्रवृत्ति हावी भएको उहाँले आरोप लगाउनुभयो । उपकुलपतिले प्रतिष्ठान निर्माणमा स्थानीय कुनै दल वा व्यक्ति र कर्मचारीहरु संग समन्वय नै नगरी अघि वढेकाले यस्तो समस्या देखिएको प्रष्ट्र पार्नुभयो ।
प्रतिष्ठान निर्माण सहयोगी नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम सँग पनि कुनै सल्लाह भएको छैन । न कुनै स्थानीय नेता तथा जनप्रतिनिधिहरु कोही सँग उपकुलपतिले भेटघाट पनि नगरी प्रधानमन्त्री र स्वास्थ्य सचिव बाटै आफुखुसी काम भइरहेको उहाँले जानकारी बताउनुभयो । त्यस्तै पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष शंकर सिंह थापाले उपकुलपतिले आफुसंग पनि कुनै छलफल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ आफुखुसी गरेको कामले हामी सन्तोष छैनौ । ’ नियमावली माथि देखिएका त्रुटीहरु लाई सच्याउनु पर्ने निकै आवश्यक छ । जसका लागि अस्पताल विकास समिति र प्रशासनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सचिवलाई यो निवदेन गरीसकेको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।