बाबु पारसले गरेको लफडाबारे छोरी कीर्तिकाको आयो यस्तो प्रतिकृया



काठमाडौँ । पूर्वयुवराज पारस शाहले शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे। जिब्रो लरबराएको आवाजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दु’र्व्यवहार गरेका थिए । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

यही विषयलाई लिएर  पारसकी छोरी कीर्तिकाले शनिवार साँझ ट्विट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन् । उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दू’र्व्यहार गरेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हेलमेट छुटेको विषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरी आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक व्यवहार गरेको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्