वृद्ध आमा बुवाको लागि खाद्यान्न सहयोग 



दाङ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी  स्थित बृद्वबृद्वा आश्रममा आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।

लमही बजार स्थित खनाल स्टोर तथा गल्ला पसलका सञ्चालक इन्द्र मणि खनालले आश्रमका लागी आवश्यक खाद्यान्न सहयोग गरेका हुन । शनिवार आश्रममै पुगेर उनले चामल, दाल, नुन, तेल, फलफूल, सोयबिन, चिनी चिया पत्ती लगायतका खाद्यान्न हस्तान्तरण गरेका हुन ।

वृद्ध बुवा आमाको लालन पालन प्रति सरकारको ध्यान जान नसकेको अवस्थामा थोर‌ै भए पनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको इन्द्र मणि खनालले बताए । सरकारले भौतिक पूर्वाधार निर्माण गरिदिएपनि खानपिनमा ध्यान नदिँदा आश्रम सञ्चालनमा हम्यहम्य भईरहेको श्रृजनसिल वृद्ध बृद्दा सेवा समिति (आश्रम) का अध्यक्ष सोमनाथ शर्माले गुनासो गरे ।

आश्रममा अहिले ३ जना आमा बुवा हुनुहुन्छ । तर पनि उहाँहरूको दैनिक खानपिन तथा रेखदेखमा आर्थिक अवस्थाले समस्या पार्दै गइरहेको आश्रमका आजीवन सदस्य लक्ष्मण पवन शर्माले गुनासो गरे । मनकारी सहयोगी दाता हरूको सहयोगले नै आश्रमको खानपिनमा सहजता थपिरहेको छ ।

जन्मदिन, वैवाहिक वर्षगाँठ, व्रत लगायतको अवसर पारी आश्रमलाई सहयोग त जुट्छ तर यस्ता अवसर सधैँ हुने पनि हैन । त्यसैले पनि आश्रमको खानपिन तथा रेखदेखमा समस्या थपिँदै गइरहेको शर्माले बताए । घर तथा परिवार बाट बिचल्लित भएका आमा बुवाको आश्रयका निमित्त सञ्चालित बृद्दबृद्दा आश्रमले आमा बुवाको उपचार तथा देहान्त पछि पनि काज किरिया खर्च आफै बेहोर्दै आइरहेको छ । दाङ जिल्लाको पहिलो आश्रमका रूपमा परिचित सृजनशील बृद्दा आश्रममा अहिले सम्म २ जना आमाले प्राण त्यागी सक्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्