आर्थिक

सुनको मूल्य तोलामा ५०० ले घट्यो

By Thah Online

August 01, 2021

काठमाडौँ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । गत शुक्रवारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।

आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रवार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।