सरकार वार्ताको पहलमा, राजपाका नेताहरु राजधानी छाड्दै ।।



जेठ,३०

images rajapa
चुनावमा नजाने निस्कर्ष सहित आन्दोलन गरिरहेको राजपाका शीर्ष नेताहरु आज तराई झर्ने भएका छन् । राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा आज बन्द, आमहडताललगायत विरोध कार्यक्रम सफल पार्न भन्दै तराई, मधेस जान लागेका हुन् । राजपा नेता अनिलकुमार झाले आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन राजधानी छाड्न लागेको जानकारी दिनुभयो । सरकारसँग अब वार्ता सम्भव नभएको पनि उहाँले बताउनुभयो । राजनीतिक मुद्दामा सरकारले उदारतासाथ कन्सिडर गर्नुपर्नेमा, उल्टै सत्ता निर्माणका क्रममा राजपाले दिएको मतको दुरुपयोग गर्दै तीनबुँदे सहमतिको कार्यान्वयन नभएको उहाँको आरोप छ । उहाँका अनुसार अध्यक्ष ठाकुरले जनकपुर, राजेन्द्र र महेन्द्र सर्लाही, शरतसिंह भण्डारीले महोत्तरी, राजकिशोर सिरहा र झाले रौतहटको मोर्चा सम्हाल्नुहुने भएको छ ।
सरकारले भने राजपालाई चुनावमा ल्याउन आज नै थप छलफल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजपासँग छलफल जारी राख्ने निक्र्योल गर्नु भएको छ । हिजो प्रचण्ड निवास लाजिम्पाटमा भएको सहमति अनुसार आज थप वार्ता हुन लागेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया पनि जारी राख्ने समझदारी भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्