उद्यम विकास सहजकर्ताको प्रादेशिक भेला, लुम्बिनीको नेतृत्वमा-चौधरी



दाङ । उद्यम विकास सहजकर्ता सङ्घ लुम्बिनी प्रदेशको अध्यक्षमा मुकेश चौधरी निर्वाचित भएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी ऋषिराम शर्मालाई ४७ मतान्तरले हराउँदै रुपन्देहीका मुकेश चौधरी विजयी भएका हुन । चौधरीले ६५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शर्माले १८ मत मात्र प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा बर्दिया कि जानकी हिताङले ४६ मत, महासचिवमा बाँकेका चेतन कुमार थापा ६६, सचिवमा गुल्मीका सुशील घिमिरेले ५१ मत प्राप्त गर्दै क्रमशः हिसिला डाँगी, फुर्स बहादुर नेपाली र पूर्ण बहादुर पुनलाई हराएर विजयी बनेका छन् ।

कोषाध्यक्षमा नवलपरासी कि नर्बदा हरिजन भने निर्विरोध चयन भएकी हुन । त्यस्तै अनन्त पन्थी (रुपन्देही), उषा गैरे (अर्घाखाँची), राजेश शाही (नवलपरासी पश्चिम), अञ्जु क्षेत्री (पाल्पा), सुमन चौधरी (कपिलवस्तु), सीता कुँवर (गुल्मी), वर्षा थापा (दाङ), चिजमान पुन (रुकुम पूर्व), शान्ता बिक (प्युठान), सुष्मा हमाल (रुपन्देही), पूर्ण बहादुर पुन (रोल्पा), बबिता बोहरा (बर्दिया), वीरेन्द्र सुवेदी (बाँके) र फुर्स बहादुर नेपाली (प्युठान) सदस्यमा  निर्वाचित भएका छन् ।

उद्यम विकास सहजकर्ता सङ्घ लुम्बिनी प्रदेशको शनिवार दाङको लमहीमा सम्पन्न प्रादेशिक भेला तथा महाधिवेशनमा सहमति जुट्न नसक्दा चुनावको घोषणा भएको दाङबाट उद्यम सहजकर्ता आर्जु योगीले बत्ताइन । प्रदेश भरी १ सय ५ मत सङ्ख्या रहे पनि ८३ मत मात्र खसेको निर्वाचन मण्डलको भनाई उदृत गर्दै योगीले जानकारी दिइन ।

देशभरका उद्यम विकास सहजकर्ता एक हौँ, आफ्नो हकहित र अधिकारका लागि आवाज बुलन्द गरौँ भन्ने नारा सहित प्रादेशिक भेलाले सङ्घको नेतृत्व  चुनावबाटै चयन गरेको हो । कार्यक्रममा प्रत्येक जिल्लाका प्रगति प्रतिवेदन पनि पेस गरिएको थियो ।

वरिष्ठ उद्यम विकास सहजकर्ता राममणि थापाको अध्यक्षता तथा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपाल कि अध्यक्ष देवकी घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताले सहजकर्ताको अवसर तथा चुनौतीका विषयमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालका सचिव वीरेन्द्र सुवेदी, कोषाध्यक्ष शान्ता विश्वकर्मा, सदस्यहरू कल्पना विष्ट, मनोज कुमार शाह लगायतका वक्ताले आ-आफ्नो भनाई राखेका थिए । रञ्जु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता सङ्घ बाँकेका अध्यक्ष चेतन कुमार थापाले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्