नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा प’क्राउ



डोटी । जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका-४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई शनिवार साँझ प्रहरीले प’क्राउ गरेको छ ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तरवार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात् उनलाई प्रहरीले प’क्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्