Banner First

सरकारलाई माओवादी केन्द्रद्वारा महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग

By Thah Online

August 01, 2021

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले दार्चुलाको महाकाली नदीमा भएको घटनालाई गम्भीर रुपमा लिन माग गरेको छ। पार्टीको स्थायी कमिटीको आइतबार बसेको बैठकले महाकाली नदी पार गर्न बनाइएको तुइनको लठ्ठा सीमा सुरक्षा बल (एसएसबी)ले काट्दा बेपत्ता जयसिंह धामीको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन पार्टीले सरकारसँग माग गरेको हो।

माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ ।

घटनाबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका विषयमा भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए।