राष्ट्रपति भण्डारीद्धारा प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त



काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई साउन २६ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २४ गते अनिवार्य अवकाश पाउँदै छन् । अवकाश पाउनु एक महिनाअघि साउन २४ देखि घर बिदा बस्ने भएकाले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्