थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्‍यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८७५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्