बच्चा जन्माउने साधन मात्र हैनन् महिला नेतृ पनि हुन्  



हामी नेपाली, हाम्रो नेपाल ,सानो अनि चिटिक्क चारै तिर डाँडा काँडा सँगै हरियाली बन पाखा उस्ता उस्तै रमाइलो छ ।  जङ्गलै जङ्गलले भरिपूर्ण हाम्रो देश नेपाल जलेका दृश्यले दोस्रो धनी मानिन्छ । सुन्दर अनि आकर्षण सबै भाषा भाषी धर्म संस्कृति सँगको एकेवद्वता हाम्रो समाज परिवर्तनको चाख सँगै बाधा अवरोध उस्तै हुने गर्छन् । 

पछिल्लो समय परिवर्तनका विकास तिर लम्किएको देखिन्छ , देश सङ्घीय संरचनामा  गएसँगै विकासका लहर त छाए म गाउँघरमा जाँदा जनआवाज दुखी जस्ता जस्तै भेटिन्छन् । (निलो आकाशमा  कालो बादलले दिनानुदिन घेरेको भेट्छु  महिलाका घाँटी जताततै रेटेको देख्छु के भयो आजभोलि सबै अन्यायमा परेको देख्छु ) आँखाबाट आशु झर्छ सम्झेर मन दुख्छ ,हेर्दा तारा चम्किलो देख्छु राति झसङ्ग हुँदै यस्तै यस्तै पिडादायी शब्द लेख्छु । 

नेपाल भौगोलिक दृष्टिकोणले निकै चम्किलो तारा हो । ३६ जात २४ वर्णले परिपूर्ण छ । यसै बिच विभिन्न जातभातका कुरा आउँछन् हामी नेपाली सबै एक हैन र ,देशको संरचना हेर्ने हो भने, सङ्घीयताको आभास भएको देखिन्छ । ७ वटा प्रदेश सँगै सातै प्रदेशका स्थानीय तहहरूमा विभाजित प्रत्यक्ष जनप्रतिनिधि पाएको छ । कराेडाै बजेट स्थानीय तहमा देखिन्छ । जनता सँगको अझै अव्वलरुपमा हातेमालो हुन नसक्दा उस्तै समस्या देखि नि त्यति नौलो कुरा हैन । 

हाम्रो देश प्रापुर्व काल देखी नै धर्मका आधारमा परिचित रहेको छ । नयाँ नयाँ प्राकृतिक अप्राकृतिक रूपमा देखिएका समयले ग्रामीण वस्तिमा महिलाहरूमाथि दबाब पीडा , सँगै विभिन्न यातना हुने पाइन्छ । जन्म घर छोडेर पराई घर आउनु पर्ने महिलाको पिडालाई धेरैले गहन गर्न सक्दैनन् । पैलि घरको पीडा धेरैले बुझ्दैनन् । म केदारज्यू गाउँपालिकी उपाध्यक्ष हुँ । महिला नेतृ उपाध्यक्ष भएको कारण मैले समाज रूपान्तरणमा केही न केही गर्नै पर्छ भन्ने चासो राखेको छु ।  महिलाले महिलाको पिडा हेर्नुपर्छ ,यहाँ पुरुषहरूले बुझ्दैनन् मैले सबै पुरुष उस्तै हुन भन्न खोजेको हैन । 

म उपाध्यक्ष भए पछि,मेरो केदारज्यू गाउँपालिका निकै विकासमा फट्को मारेको देखिन्छ । तर जति गर्नुपर्ने हो त्यति हुन सकेको छैन । मसुईकार्द छाै ,, गाउँघरमा जान्छु कसैलाई बिहान बेलुकी खान बस्न समस्या उस्तै देख्छु । गर्भवती महिला देखि सुत्केरी दिदीबहिनीहरूका पीडा निकै नाजुक देखिन्छन् । त्यसैलाई अग्रगहर्ण गर्दै मैले उपाध्यक्ष कोसेली कार्यक्रम लागू गरेकी हुँ । यस कार्यक्रमबाट महिला दिदीबहिनीहरूले आफ्नो स्वास्थ्य सुधार र बच्चाको सुधारको लागि आफै सोच्नु भन्ने हेतुले यो गरेकी हुँ । यसरी समाजमा काम गरिरहँदा पछिल्लो समयमा महिला दिदीबहिनीहरूमा निकै खुसी छाएको पाइन्छ । 

स्थानीय तह केदारज्यू गाउँपालिकाको आर्थिक सहयोगमा उपाध्यक्ष कोसेली कार्यक्रमले महिलाको स्वास्थ्य सुधारमा निकै चासो देखाएको पाइन्छ । धेरै दिदीबहिनीहरू म आफै सँग सल्लाह लिन्छन् र आफूले जानेको कुरा मलाई सिकाउन्छन सम्बन्ध पनि निकै नजिक भएको देखेकी छु । ग्रामीण बस्तीमा रहेका महिलाहरू कहिले पनि स्वास्थ्य संस्थामा आउँदैन थिए , अहिले विभिन्न जनचेतनामूलक कार्यक्रमले स्वास्थ्य मै जानुपर्छ भन्ने चाहाना राख्दै आउने गर्छन् । म त गर्भवती अवस्थामा ४ पटक चेक गराउनुहाेस भनेर सल्लाह सुझाव पनि दिने गरेको छु । यसरी समाजमा रहेका दिदीबहिनी परिवर्तन भएको देख्दा निकै खुसी हुने गर्छु । त्यसैले महिला समाजको ऐना हुन ,महिला समाज रुपान्तरणकाे एक पात्र हुन ,महिला समाजको फुल हुन । यिनले नेतृत्व लिँदै अगाडि बढ्न सक्छन् । केवल बच्चा जन्माउने साधनको रूपमा मात्र नहेर्न अनुरोध गर्दछु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्