Banner First

स्वास्थ्य राज्यमन्त्रीको घोषणा : पदमा रहुन्जेल तलब-भत्ता, गाडी र आवास सुविधा नलिने

By Thah Online

August 02, 2021

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्य योजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलब भत्ता नलिने घोषणा गरेका हुन् ।

उनले मन्त्री पदमा रहँदासम्म आवास, गाडी र भत्ता नलिने बताएका हुन् । उनले सुरक्षाकर्मी बाहेक अरू सुविधा नलिने र हालसम्म संलग्न रहेको व्यावसायिक संस्थाबाट पनि बाहिरिने बताएका छन् ।

उनले आफूले काम गरिरहेको व्यावसायिक संस्थाहरूबाट अलग भइसकेको पनि जनाए । राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्य योजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताए ।