मुख्य समाचार

दार्चुलाको घ’ट’नालाई लिएर काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन

By Thah Online

August 02, 2021

दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घ’ट’नालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।

भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काटिदिएपछि धामी महाकालीमा बेपत्ता भएका थिए ।

आज सोमबार अखिल क्रान्तिकारीले भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको हो ।  गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि सोमबारै दार्चुला जाने भएको छ । महाकाली तुइन प्रकरणको सत्य तथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेस गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । उक्त टोली पनि आजै दार्चुला पुगेर घटनाबारे खोजिन गर्ने छन् ।