टप फिचर

जयपृथ्वी राजमार्ग खाेड्पे चैनपुर सडक खण्ड अवरुद्ध 

By Thah Online

August 02, 2021

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी इलाका जयपृथ्वी राजमार्ग अन्तर्गत खाेड्पे चैनपुर सडक खण्डमा पहिरो गएको छ ।

हिजो राति मात्र खाेड्पे नजिकै झ्याउलेक भन्ने स्थानमा सडक भत्किएको हो । सडकमा तलबाट लगाएको बाल भत्किए पछि आवतजावतमा निकै समस्या देखा परेको छ । करिब १३ मिटर लम्बाइ रहेको स्थानमा तलबाट सडक भत्केर काठमाडौँ बझाङ महेन्द्रनगर धनगढी जाने आउने सवारी साधनहरू अवरुद्ध हुँदा धेरै यात्रु अलपत्र अवस्थामा रहेका छन् ।

सडक खण्ड भत्किए पछि सबै सवारी साधनहरू त्यतै ठप्प रहेको हुँदा सडक निर्माण हुँदा निकै ढिलाइ हुने देखिएको छ । सडकमा चर्चा रहेको छ । अब सडक निर्माण भने ४/५ दिन लाग्ने देखिएको छ । सडक निर्माण कार्य भने तिब्र रूपमा रहेको पाइन्छ ।