कोरोनाका कारण विश्वविद्यालय सहित कक्षा १२ का परीक्षा स्थगित गर्न तयारी



कोभिड-१९ सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गरेर आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उमेश श्रेष्ठले यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् ।

त्रि.वि.को आधिकारिक फेसबुक पेजमार्फत पनि परीक्षा सञ्चालनबारे छलफल भइरहेको र आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको भनिएको छ ।


स्वास्थ्य मन्त्री श्रेष्ठको भनाई उद्धृत गर्दै फेसबुक पेजमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय गरिने छ ।’

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्