एकैदिन ३१२५ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८११ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६१३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २७९ जना र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा८ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ५८हजार १२२ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८९८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्