सुजिता ह’त्या प्रकरण : उनकै बुबा कामेश्वरको संलग्नता देखिएको आ’रोपमा थप तीनजना प’क्राउ



महोत्तरीकी सुजिता ह’त्या प्रकरणमा बाबु कामेश्वर पाण्डेयसहित थप तीनजनालाई प्रहरीले प’क्राउ गरेको छ ।

सुजिता ह’त्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई प’क्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई प’क्राउ गरेको हो ।

सुजिता ठाकुर ह’त्यामा उनका बाबु पाण्डेयकोसमेत संलग्नता देखिएपछि प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको ह’त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’

पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।

यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।

यसरी भयो घटना

जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । कहीँकतैबाट पनि सुनुवाई नभएपछि वैदेशिक रोजगारीमा साउदी रहेका सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् दिदीको घर पक्षले नै ह’त्या गरी खेतमा शव गाडेको आ’रोप लगाए ।

उनले सुजिताका पाँच वर्षीय छोरा रौनकको एउटा भिडिओ पनि सार्वजनिक गरे । त्यो भिडिओमा ती बालकले आमाको ह’त्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन् । सुजिताको खोजतलासमा प्रहरीले कुनै चासो नदेखाएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए ।

रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली पुगेका थिए । उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएका छन् । प्रहरीले जाहेरी लिएको तथा सुजिताका श्रीमान र देवरलाई पक्राउ गरिएकाले घटनाको अनुसन्धान हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् । टुडे एक्सप्रेसबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्