सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका सुवेदी धरौटीमा छुटे



भालुवाङ १८ साउन । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् । राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो ।

तर सोमवार सुवेदी आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले सुवेदीलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।

सुवेदी साबिक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितिको संयोजक पदमा रहेका थिए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।

केही महिना पहिले मात्रै चार वटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्