विप्लव नेकपाद्वारा जय सीङ धामीको घटना विरुद्ध नवलपरासीमा विरोध,दोषीलाई कारबाहीको माग



परासी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीको रामग्राममा विरोध प्रदर्शन गरेको हो। भारतीय बाटो हुँदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसपि )ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जय सीङ धामीको घटना विरुद्ध नवलपरासीमा विरोध प्रदर्शन गरेको हो ।

रामग्राममा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको जनसरकार प्रमुख राम प्रीतले सम्बोधन गर्नुभएको थियो । दार्चुलामा भएको घटना घोर भ्रसना गर्दै सत्य तथ्य सार्वजनिक र दोषीलाई कारबाहीको मागको माग गर्नु भएको छ । राम प्रीतले सरकारको उदासीनताले भारतीय हेपाहा प्रवृती हाबी भएको बताउँदै उहाँले भन्नू भयो संसदीय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जय सीङ धामीको जस्तै घटना नघटला भन्न नसकिने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे।

यस्ता घटना नेपालीलाई सह्य नहुने भन्दै सबै जनताले यसको विरोध गर्नुपर्ने बताए। उक्त कार्यक्रमलाई सञ्चालन नेकपा जिल्ला सदस्य विजयले गर्नु भएको थियो। कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लगायत नेता कार्यकर्ता कार्यक्रमको उपस्थिति रहेको नेकपा जिल्ला सचिवालय सदस्य प्रतापले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्