सर्लाही र बाराका १९ व्यवसायी पशु पालक किसानहरूलाई कृषि मन्त्री साहद्वारा दूध दुहुने मेसिन हस्तान्तरण



जनकपुरधाम  । किसानलाई दूध उत्पादनमा बजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन (मिल्किंग मेसिन)  वितरण गरिएको छ । बागमती नगरपालिका वडा न.३ सर्लाही, सहित बारा जिल्लाका निजगढ नगरपालिका वडा न.६ लाई  यहाँका  जना दुग्ध उत्पादक सहकारी संस्था ली. लाई  उक्त औजार वितरण गरेको हो ।

सर्लाही र बाराका व्यवसायी पशु पालक किसानहरूलाई प्रदेश सरकारले ५०% को अनुदानमा दुग्ध दुहने मेसिन उपलब्ध भयो । किसानहरूलाई वितरण गरिएको दूध दुहुने मेसिनले किसानलाई धेरै सहजता दिलाउने बारा जिल्लाका भेटनरीका प्रमुख शङ्कर साहले  बताए । किसानका सबै माग र आवश्यकतालाई आफूहरूले नीति तथा कार्यक्रममा पारेर पारित गरेर लैजाने उनको भनाइ छ ।

कृषिको विकासबाट पनि नै कृषि व्यवसायी फर्मले  विकास र समृद्धिलाई  हासिल गर्न मदत पुग्ने भन्दै उनले आफूहरू किसान र व्यवसायी फर्मलाई  सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताए । प्रदेश न.२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले भने ‘कृषिमा आधुनिकीकरण, बजारीकरण र व्यवसायीकरण गरी किसानलाई दूध उत्पादनमा आकर्षित गराउने उद्देश्य सहित औजार वितरण गरिएको बताए’ ।

कृषिमा  व्यवसायीकरण गर्न मन्त्री साहले  लागिहरेको भन्दै  उत्पादन लागत घटाउँदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु प्रदेश न. २ को  योजना रहेको बताए  । कृषि कर्ममा लाग्ने किसानलाई व्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको  साहको भनाइ छ ।

पहुँचको भरमा अनुदान खाने तर वास्तविक ब्यवसायीकले  नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए  । बागदेव दुग्ध उत्पादक सहकारी संस्था ली. गाई पालन फार्म र बागमती पशुपन्छी तथा व्यावसायिक सङ्घ लाई  आफूहरूले धेरै वर्ष पछि बल्ल राहतको अनुभूति गरेको बताए । ब्यवसायीहरुको आत्मबल विकाससँगै किसानलाई  व्यवसायीकरणमा जोड दिनुपर्ने दायित्व प्रदेश २ सरकारले गर्ने समेत बताए  । ब्यवसायीहरुलाई दूध दुहुने औजार (मेसिन) हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्