समाचार

पूर्व मन्त्री मिश्र द्वारा प्राचीन प्रगटेश्वर महादेव मन्दिरमा रुद्राभिषेक

By Thaha - Online

August 02, 2021

कपिलवस्तु साउन महिना खास गरी भगवान् शिवको आराधना गरिने गरिन्छ। साउन महिनामा भगवान् शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नौ औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर महादेव मन्दिर मा पूर्व मन्त्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र)ले उक्त स्थानमा अवस्थित महादेव मन्दिर मा रुद्राभिषेक गरेका छन् ।

जसमा स्थानीय श्रद्धालु लगायत अन्यको उपस्थित रहेको थियो। उक्त शिव मन्दिर त्यहाँका चौधरी परिवारले जिणोदार गरेका हुन् । चौधरी परिवारका पूर्वजहरूले सपना देखेर त्यहाँ उत्खननको क्रममा शिव भगवान्को मूर्ति भेटिएको थियो । त्यस पश्चात् उक्त मन्दिर को नाम प्रगटेश्वर महादेव मन्दिर राखिएको थियो। उक्त शिव मन्दिर सिद्ध मन्दिर को रूपमा चिनिन्छ ।

उक्त शिव मन्दिर मा उत्खनन गरेर कति वर्ष पुरानो मन्दिर हो भन्ने कुरा लगायत अन्य कुराको खोज अनुसन्धान गर्नु पर्ने , उक्त ठांउमा भौतिक पूर्वाधार निर्माण र मन्दिर छेउमा रहेको पोखरीको सुन्दरी करण सरकारी निकायले गरेको खण्डमा आन्तरिक पर्यटनको रूपमा समेत विकास हुन सक्ने स्थानीय श्रवण कुमार चौधरीको भनाई रहेको छ ।