उम्मेदवार छान्न दलहरु छलफलमा ।।



जेठ,३०

Major-party

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न दलहरु छलफलमा जुटेका छन् । प्रदेश–१, ५ र ७ मा अधिकांश दलहरूले उम्मेदवारको टुंगो लगभग लगाएका छन् । तर प्रदेश–२ भने कुनै दलले पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । नेपाली कांग्रेसले आज दिउँसो उम्मेदवार छान्न छलफल गर्दैछ । वडाध्यक्ष, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार टुंगो लगाउन केन्द्रीय समतिमा सिफारिस गरिएको छ । आज केन्द्रीय समिति बसेर उम्मेदवार तय गरिने कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार बुधबारसम्म सबै स्थानका उम्मेदवारको टुंगो लागिसक्नेछ । २ नम्बर प्रदेशका गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले केन्द्रमा सिफारिस भई छानबिन गरेर योग्य उम्मेदवार छान्ने योजना कांग्रेसको छ । नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपालले पनि प्रदेश–२ मा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले आजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्