बिग बोस विजेता रुबिनाको डेब्यू फिल्ममा राजपाल यादव हिरो



काठमाडौँ। गायक, सङ्गीतकार हुँदै निर्देशक बनेका पलाश मुच्छलले फिल्म बनाउने भएका छन् । अर्ध नामको यो फिल्ममा राजपाल यादव मुख्य भूमिकामा रहनेछन् । यो फिल्ममा टेलिभिजनबाट चर्चित बनेकी अभिनेत्री रुबिना दिलैक र हितेन तेजवानी पनि प्रमुख भूमिकामा हुनेछन् । रुबिना बिग बोसकी विजेता समेत हुन् । रुबिनाले सिरियल ‘शक्ति’मा किन्नर बहु भूमिकाबाट चर्चा पाएकी थिइन् । यो रुबिनाको बलिउड डेब्यू फिल्म हुनेछ । फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुँदै छ ।

यो फिल्मका लागि राजपाल यादवले १.२५ करोड रुपैयाँ पारिश्रमिक लिनेछन् । राजपालले यो फिल्मको मुख्य भूमिका आफूले वर्षौँसम्म चाहेको भूमिकाजस्तै रहेको बताएका छन् । उनले आफू यो भूमिकालाई लिएर निकै उत्साहित भएको बताउँदै दर्शकलाई पनि यो फिल्म मन पर्ने विश्वास व्यक्त गरे । निर्देशक पलाशका अनुसार रुबिना पनि यो फिल्मलाई लिएर उत्साहित छिन् । बिग बोसकी विजेता रहिसकेकी रुबिनाको पनि यो फिल्ममा महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । डिसीनेपालबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्