फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने प्रिती र ज्योती पुर्पक्षका लागि थुनामा



काठमाण्डौं । फ्ल्याट भाडामा लिएर यौन धन्दा गराउने दुई जना महिलालाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका ३ स्थायी ठेगाना भई हाल चन्द्रागिरि नगरपालिका ६ बस्ने २४ वर्षीय प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका ५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका ४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीय बिना लिम्बु भन्ने ज्योत  पोमुलाई थुनामा पठाउन आदेश गरेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७८ असार २१ मा प्रिती थापा मगरलाई र असार ३० मा ज्योति पोमुलाई प’क्राउ गरेको थियो ।उनीहरूले अन्य महिला तथा किशोरीलाई यौन धन्दा  संलग्न हुन बाध्य पारिएको पाइएको ब्युरोले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्