सैघाली खबर
काठमाडौं,१ फागुन
आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’भन्ने नाराका साथयसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
कार्यक्रमको दिउँसो एक बजे उद्घाटन गरिने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभयो । रेडियोको योगदान, चुनौतिहरुको समीक्षागर्ने दिनको रुपमा हेरिएको विश्व रेडियो दिवसको अवसरमा अकोराबका प्रदेश कमिटी तथा सामुदायिक रेडियोहरुको आयोजनामा आज देशभर विविधकार्यक्रमको आयोजनागरिएको छ ।
आज भन्दा ७२ वर्षअघि संयुक्त राष्ट्रसङ्घीय रेडियो स्थापना भएको दिनको सम्झनामा सन् २०१२ बाट संयुक्त राष्ट्र संघको आह्वानमा फ्रेब्रुवरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउन थालिएको हो । नेपालमा सूचनातथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको सङ्ख्या ८ सय ३१ पुगेको छ भने नियमित प्रसारण गर्न थालेका रेडियोको सङ्ख्या६ सय ५० छ । नेपालमा सञ्चालनमा रहेका सामुदायिक रेडियोको सख्या ३ सय १५ नाघिसकेको अकोराबका महासचिव देवकोटाले जानकारी दिनुभयो ।
देशभर सञ्चालनमा रहेका सामुदायिक रेडियोले ७० भन्दा धेरै भाषामा कार्यक्रम र समाचार प्रसारण गरिरहेका छन् । नेपालका सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक संघले सन् २०१२ देखि नै विविधकार्यक्रमको आयोजना गरी विश्व रेडियो दिवशमनाउँदै आएको छ । आम सञ्चारका माध्यमहरुमा रेडियो सबैभन्दा धेरै नागरिकको पहुँचमा पुगेको माध्यमहो । नेपालमा सरकारी स्वामित्वबाट नागरिकको हातमा एफएम रेडियो प्रसारण थालनीभएको बीस वर्ष पुगेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।