मनोरञ्जन

अध्ययनका लागि अमेरिका उडिन् पूर्व ‘मिस नेपाल’ श्रृंखला खतिवडा

By Thah Online

August 03, 2021

पूर्व मिस नेपाल शृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छन् । खतिवडाको बिदाइको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए ।

शृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् । केही समय अगाडि उनले आफू हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् । शृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छन् ।

शृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्युटी पेजेन्टमा निर्णायकको रूपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

हेटौडामा जन्मेकी शृङ्खला​ एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् ।