निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज (सूचीसहित)



काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने राजनीतिक दलहरूको भोलि (बुधवार) देखि लागू हुने गरी दर्ता खारेज गरिएको हो।

साथै खारेज भएका राजनीतिक दलहरूको नाम, झन्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।

आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको सङ्ख्या ९५ वटामा सीमित भएको छ । यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्