सुदूरपश्चिम प्रदेश युवा परिषद् सदस्यको शपथग्रहण कार्यक्रम सम्पन्न 



धनगढी । सुदूरपश्चिम प्रदेश युवा परिषद् सदस्यको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका बिच स्वास्थ्य तालिम केन्द्रको हल धनगढीमा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला समेटेर सबै सदस्यहरूको शपथ ग्रहण कार्यक्रम गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कवरकाे अध्यक्षतामा सामाजिक विकास मन्त्री लालबहादुर खड्का विशिष्ट राज्य मन्त्री मना कुमार साउद रहनुभएको थियो ।

आज युवा परिषद् प्रदेशले पूर्णता पाएको छ । पूर्णता पाए सँगै शपथ लिनेमा छत्र रावल टिकेश्वरी विक कल्पना साउद ,दिनेश सिंह विर्ख कठायत वतासु चौधरी प्रवीण बाेगट,कु विष्ना पन्त शेर बहादुर विष्ट मनोज चन्द लक्ष्मी साउद गैराल ईश्वरी दत्त भट्ट हिरा सिंह धामी आशिष विष्ट झलक भण्डारी रामप्यारी कुमारी रावल लक्ष्मी दत्त जाेशीले लाई सामाजिक विकास मन्त्री खड्काले शपथ खुवाउनु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने अब युवाले केही गर्नु पर्छ युवाले यो महामारी समयमा केही समाधानका उपाय खाेज्नु जरुरी देखिन्छ ।

अब युवा बेरोजगार हुँदै विदेश जाने हैन तपाईँहरूले सबै लाई सचेत र राम्रो सन्देश दिनु हुनेछ भन्ने आसा सहित अब जिल्लाले पनि पूर्णता पाउने उहाँको भनाइ छ । कार्यक्रम सञ्चालन भने कानुन अधिकृत दान बहादुर सुनारले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्