भ्रामक प्रचार विरुद्ध सर्वत्र विरोध



नवलपरासी, १९ साउन नेपाली काँग्रेस नवलपरासी पश्चिमले जिल्लाको सङ्घीय क्षेत्र नं २ का पार्टीका सभापति नरेन्द्र कुमार गुप्ता र प्रदेश क्षेत्र न २ ( ख )– का सभापति दिनेश मणि पटेलले संयुक्त रूपमा जारी गरेको विज्ञप्ति प्रति पार्टी भित्र सर्वत्र विरोध जनाएको छ । सभापति गुप्ता र पटेलद्वारा साउन १६ गते संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जिल्लाको रामग्राम नगरपालिका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउँपालिकाको ४ वडामा पार्टीको क्रियाशील सदस्यता बारे विवाद रहेको भन्ने भ्रामक प्रचार गरेकोले सो प्रति सर्वत्र विरोधे जनाएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ), नेपाली काँग्रेस सङ्घीय क्षेत्रीय कार्य समिति २ र नेपाली काँग्रेस रामग्राम नगर कार्य समिति तथा पाल्हीनन्दन गाउँ कार्य समितिले संयुक्त रूपमा जारी गरेको फरक फरक विज्ञप्तिमा सभापति गुप्ता र पटेलले जारी गरेको विज्ञप्ति पुर्ण भ्रामक , समाधान उन्मुख रहेको क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावित गर्ने ,जिल्लालाई विवादित देखाउने तथा गैर जिम्मेवार पूर्ण कार्य गरेको भनी निष्कर्ष निकालेको छ । १४ औ महाधिबेशनका लागि वडा , नगर तथा गाउँपालिकाबाट नेपाली काँग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यताको लागि पठाएको नामावली सङ्घीय सभापति गुप्ताले नामावली ईन्ट्री गरी केन्द्रमा पठाएका हुन ।

यद्यपि उक्त नामावली केन्द्रबाट प्रारम्भिक रूपमा सार्वजनिक हुँदा नगर र वडा बाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित वडामा नियम विपरीत आधिकाशं नाममा फेरबदल गरी गरिएको कुरा सार्वजनिक भएपश्चात् वडा र नगरलाई सो सम्बन्धमा थाहा भई केन्द्रले तोकिएको अवधि भित्र उक्त नामावली वडा , गाउँ , नगर कार्य समितिले गरेको सिफारिसलाई नै मान्यता दिनुपर्ने भनी केन्द्रमा गरिएको उजुरी पश्चात् सभापति गुप्ता र पटेलले आफूहरूले विधान विपरीत पठाएको क्रियाशील सदस्यहरूलाई समावेश गर्न केन्द्रलाई दबाब र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखे पनि सो अनरुप थप नभएपछि पुन जिल्लामा सदस्यता विवाद छ भन्दै विज्ञप्ति मार्फत असत्य प्रचार गरिएको प्रति पार्टी भित्र सर्वत्र विरोध भएको हो ।

पार्टीका जिल्ला सभापति विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा विधान बमोजिम वडा तथा गाउँ नगरबाट सिफारिस गरिएका क्रियाशील सदस्यहरू समावेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान विपरीत जिल्ला तहबाट कुनै किसिमको केन्द्रलाई दबाब नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसिमको केन्द्रमा दबाब नदिइएको कुरा स्पष्ट पार्नुभयो ।

यसै गरी नेपाली काँग्रेस,नवलपरासी( बर्दघाट –सुस्ता पश्चिम) २ का सङ्घीय क्षेत्रीय सचिव आनन्द कन्द मिश्र , सचिव माधव प्रसाद पाण्डे र सचिव प्रदीप सिंह क्षेत्रले संयुक्त रूपमा जारी गर्नुभएकोमा विज्ञप्तिमा सभापति गुप्ता र पटेलले विधान विपरीत रहेका क्रियाशील सदस्य समेत केन्द्रमा पठाएको विवाद झिक्दै आएको विज्ञप्ति जारी गरिएको प्रति गम्भीर ध्यानाकर्षण जनाउनुभयो ।

यसै गरी रामग्राम नगर कार्य समितिका कार्यवाहक सभापति श्रीधर बस्याल र पाल्हीनन्दन गाउँ कार्य समितिका सभापति हरिहर चौहान द्वारा जारी विज्ञप्तिमा सभापति गुप्ता र पटेलले विधान विपरीत क्रियाशील सदस्य थप्ने उद्देश्यले सयौँ व्यक्तिहरूलाई सदस्यता दिलाउन किर्ते कागजपत्र तयार गरी केन्द्रमा पठाए पनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गरी विज्ञप्ति जारी गरी भ्रामक प्रचार गरिएको प्रति आपत्ति प्रकट गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्