प्रदेश ५

कपिलवस्तुको विजय नगरमा सुनौलो हजार दिनका महिलालाई पोषण किट शुभारम्भ

By Thaha - Online

August 03, 2021

कपिलवस्तु , साउन १९ कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिकाले आज मङ्गलवार मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई पोषण किट वितरण कार्य शुभारम्भ गरेको छ । विजय नगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुगौली र पत्थरदैइया स्वास्थ्य चौकीबाट आज देखि सो कार्य थालनी गर्नु भएको हो ।

पोषण किट हस्तान्तरण गर्दै आमा र बच्चा स्वस्थ रहने साथै प्रत्यक्ष स्वास्थ्य कर्मीको निगरानी भएकाले उच्च जोखिमबाट बच्न सक्ने भएकोले ढुक्क भएर प्रसूति गृहमा सुत्केरी गराउन थापाले अग्रता गर्नु भएको छ । स्वास्थ्य चौकीमा पुगी चार पटक गर्भ जाँच ४,६,८ र ९ महिना नियमित रूपमा जाँच गराई प्रसूति गृहमा सुत्केरी गरेबापत नेपाल सरकारबाट पाउने सुविधा सहित अतिरिक्त पोसिलो खानेकुरामा प्रोटिन पाउडर,चमन प्रास,मह,घिउ,लगायत आठ किसिमका पोषण किट वितरण कार्य प्रयोगमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

यसरी यस कार्यलाई विजय नगर वासी मात्र नभई अन्य पालिकाका महिलाहरूले समेत सो सुविधा लिन सकिने अधिकारीले बताउने भयो । यस कार्यबाट नियमित रूपमा आमा र बच्चाको जीवन स्तर उठाउने होम डेलिभरी गराउने साथै प्रसूति गृहमा सुत्केरी गराउँदा हरेक जोखिमबाट सहजता पाउने लक्ष्य रहेको बताइएको छ ।