देशभरिका सम्पूर्ण कुशवाहाहरुलाई राष्ट्रिय जनगणनामा समावेश हुन :अध्यक्ष महतोको आग्रह



२०७८ को कार्यक्रममा देश भरिका सम्पूर्ण कुशवाहाहरुलाई जनगानमा नाम दर्ता अपिल   महेश सिंह सिराहा लहान १९ श्रावण – राष्ट्रिय जनगणना २०७८ को कार्यक्रममा देश भरिका सम्पूर्ण कुशवाहाहरुलाई जनगानमा नाम दर्ता गराउन नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका राष्ट्रिय अध्यक्ष मुकेश कुमार महतोले आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणनामा नेपाल जनगणनामा समावेश भई तथ्याङ्क विभागद्वारा सूचीकृत गराउन माग गरिएको छन् ।नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्दिय्र कार्य समितिका अध्यक्ष मुकेश कुमार महतोले नेपालमा विगतको जनगणनामा अधिक्तम् कुशवाहा छुट्टिएको हुँदा अबको जनगानमा कोही न छुटने अभिप्रायले केन्द्रीय अध्यक्ष महतोले अपिल गरेका छन् ।

नेपालका विभिन्न जिल्ला तथा प्रदेश मध्ये प्रदेश नंं.१, प्रदेश नंं.२,प्रदेश नंं.३,प्रदेश नंं.५ लगायत सम्पूर्ण जिल्ला, क्षेत्रीय तथा नगर कार्य समिति र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले जनचेतना तथा घरदैलो जस्ता कार्यक्रम गरी सबैमा अपिल गरिएका छन्। विगतको जनगणनामा कुशवाहाको संख्या ३ लाख मात्र देखिएको तथ्याङ्कमा उल्लेख छ। के तपाईँको जात-जाती के हो कोड नं.१८का अनुसार “कुशवाहा तथा कोइरी”उल्लेख गर्नु पर्ने छ ।

कुशवंशीहरुले लेखिने जातीय पदावधिहरूमा कुशवाहा,सिहं,महतो,मेहता पटेल,मैर्य,सिँहा,कोइरी,महत लगायत जातीय उपाधिहरू लेखने गरेका छन्। व्यक्तिहरूले जातिय कोड नं.१८का अनुसार “कुशवाहा तथा कोइरी”लेख्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्