कपिलवस्तुको बघुवा समय माई मन्दिर पर्यटकीय स्थलको रूपमा विकास हुँदै (फोटो सहित)



कपिलवस्तु : महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँमा रहेको पुरानो एतिहासिक समय माताको मन्दिर पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको छ ।पहिला पहिला घनघोर जङ्गलको बिचमा निमको रुखमा माता जी स्थान रहेको थियो ।स्थानीयहरूको पहल तथा सहयोगमा मन्दिर निर्माण भएको हो ।

महाराजगन्ज नगरपालिका वडा न ११ बघुवा गाउँको उत्तर तर्फ जङ्गलको बिचमा समय माता मन्दिर रहेको छ ।मन्दिरको किनारमा नदी रहेकोले झन् रमणीय देखिएको छ । उक्त मन्दिरमा पुग्न बाटो घाटोको रहेको थियो बघुवा समय माता मन्दिरमा भन्डारा हरू हुने गरेको छ । समय माता मन्दिरमा मागेको मागन पूरा हुने आस्था कायमै रहेकोले भारत बाट समेत दर्शन तथा पूजाको लागि भक्तजनहरू आउने गरेको स्थानीयहरूको भनाई रहेको छ ।

पर्यटकीय स्थलको सम्भावना रहेको उक्त मन्दिरमा भने महाराजगन्ज नगरपालिका कार्यालयले विभिन्न योजना विनियोजन गरी विकासको कामलाई तीव्रता दिएको महाराजगन्ज नगरपालिका वडा न ११ को समाजसेवी जगन्नाथ पुरीले बताउनु भयो । महाराजगन्ज नगरपालिकाले महाराजगन्ज डुमरा सडकको गोल्हिपुर देखि तकदिरपुर हुँदै मन्दिर सम्मा जाने सडक स्तरोन्नतिको काम सप्रन्न भएको समाजसेवी पुरिको भनाई रहेको छ ।

पूजा, भन्डारा गर्ने श्रद्धालुहरूलाई हुने कठिनलाई मध्य नजर गरी महाराजगन्ज नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नगर स्तरियता योजनामा बजेट विनियोजन गरी धर्मशाला निर्माणको कार्य सम्पन्न गरेको महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । बघुवा समय माता मन्दिरलाई पर्यटकीय स्थलको रूपमा स्थापित गर्न लागि परेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।

नगरपालिकाले उक्त कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक योजना विनियोजन गरी पर्यटकीय स्थलको रूपमा स्थापित गर्ने नगर प्रमुख कलामले जानकारी दिनु भयो । मन्दिरको विकास सँगै बाटो घाटोको समेत विकास भएकोले स्थानीय खुसी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्