वडा अध्यक्षले दाम्लोले बाधेर युवा कुटे, प्रहरीकै रोहवरमा मिलापत्र



जाजरकोटमा जनप्रतिनिधिबाटै एक जना सर्वसाधारण कु’टिएका छन् । जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कु’ट’पिट गरेका हुन् । युवकलाई नाङ्गो बनाएर कु’ट’पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष नेपाली उक्त युवक नाताले काका भतिज हुन् ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कु’ट’पिट गरेका हुन् । वडा अध्यक्ष नेपालीले योभन्दा पहिला गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञेश्वर बस्नेतलाई पनि कुटेका थिए ।

घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कु’ट’पिट गरेको भिडियो भने मङ्गलवार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यति बेला भाइरल बनेको छ ।

वडाध्यक्ष नेपालीले भने ती युवकले पहिले नै घरमा आफ्नो आमाबुबालाई पिटेर आएको र जाँड रक्सी खाएर वडामा भत्ता लिन आएको मानिसहरूमाथि एक्कासि ढुङ्गा मुढा गर्न थालेपछि आफूले ती युवकलाई नियन्त्रणमा लिन त्यसो गरेको बताएका थिए । उनले आफूले प्रहरीलाई खबर गरेको र प्रहरी नआउँदासम्मको लागि उक्त युवकलाई नियन्त्रणमा लिएको अवस्थामा केही मानिसले भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्दिएको आ’रोप लगाएका थिए ।

उनले भने, ‘यहाँ महिला, अपाङ, वृद्धाहरुसहित उनको आमा बुबासमेत सँगै भएको अवस्थामा मैले बाँधेर नियन्त्रणमा लिएको हो । तर, भिडियोमा काटेर मैले कुटेको जस्तो गरी बनाएर हाल्दिए छ । सत्य तथ्य यहीको जनतालाई था छ ।’ आफूले यो काम १५ गते नै गरेको भएपनि आज सामाजिक सञ्जालमा आएको उनले बताए । सञ्जालमा आएको भिडियो वास्तविकभन्दा फरक रहेको पनि उनले बताएका थिए । प्रहरी र युवकसँग बसेर अबदेखि आइन्दा जाँड रक्सी नखाने र होहल्ला नगर्ने कागज गरेर सहमति भइसकेको पनि उनले जानकारी गराएका थिए ।

गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा बस्नेतले बताएकी थिइन् ।

मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा दिने क्रममा स्थानीयबाट ती युवामाथि केही हातापात भएको प्रहरीले बताएको छ। घटनाको विषयमा अहिलेसम्म कुनै पक्षबाट उजुरी नआएको स्थानीय प्रहरीले जनाएको छ ।

वडाध्यक्षले गरेको गल्तीलाई प्रहरीकै सक्रियतामा ढाकछोपको प्रयास, प्रहरीको रोहबरमा मिलापत्र

वडाध्यक्ष नेपालीले गरेको गल्तीलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आ’रोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबिच मिलापत्र भएको छ ।

मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ ।

स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कु’ट’पिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घ’ट’नालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन् ।

यस्तो छ  मिलापत्र 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्