मनोरञ्जन

अभिनेत्री गरिमा पन्त आमा बनिन्

By Thah Online

August 04, 2021

काठमाडौँ- अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् ।

सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी गराएकी हुन् ।  उनको छोरीको नाम प्रिषा राखिएको छ । आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनि भरिपूर्ण भएका छौँ । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’  उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् ।  केही वर्षको प्रेमलाई उनले  विवाहमा परिणत गरेकी थिइन् ।