टप फिचर

राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठले भने संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार छैनन्

By Thah Online

August 04, 2021

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । 

आजको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताए । उनले एक वा अर्को रूपमा त्यसअघिका सरकार तथा नेताहरू पनि जिम्मेवार रहेको बताएका छन् ।

ओली भन्दा अगाडि विभिन्न ढङ्गले सरकार चलाउनेहरू पनि एक वा अर्को रूपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार भएको समेत श्रेष्ठले टिप्पणी गरेका छन् ।

नेता श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन् ।

उनले प्रारम्भिक तथ्यहरूका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले भने, ‘यो अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’ घटनामा संलग्न दोषीहरूलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउनु पर्ने उनको मागका छ ।