Banner Second

आगामी शुक्रबारदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन थालिने

By Thah Online

August 04, 2021

सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रवार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बैठकले आसर २९ गते देखि सञ्चालन गरिएको खोप अभियानका क्रममा खोप लगाएकाहरुका लागि दोस्रो मात्रा लगाउने निर्णय गरेको हो। 

गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो ।

हालसम्म कोभिड-१९ खोप लगाउन बाँकी रहेका व्यक्तिहरूले खोप लगाउनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट मा अनिवार्य दर्ता गराउनु पर्ने र यसैको आधारमा मात्र तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गराउन मन्त्रालयले ७७ जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ। 

आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन् ।