नेपालमा पुनः बढ्न थाले संक्रमित, पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३५ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ९५७ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्