गीत : दिलको फूलबारी गोड्न चाहियो एउटा माली



केटी :
यो मेरो मनको सुन्दर बगैँचामा सप्त रङी फूल नै फुलेन
माहुरी मात्रै बस्न खोज्छन् किन होला  भमरा नै डुलेन!
केटा:
भमरा बस्न किन हो फूलमा बास्ना नै आउँदै नै आएन!
फूलमा माहुरी रस चुस्न बसेर भमराले बस्ने ठाउँ नै पाएन।

केटी:
यो दिलको फूलबारी गोड्नलाई चाहियो एउटा राम्रो माली
लकडाउनले गर्दा फूलमा भमरा बस्नै पाएनन्  यसपालि।
केटा:
लेखमा फुल्ने लाली गुराँस गैरी खेतमा  फुल्ने तोरी।
जति गाँठो पार्न खोज्छु पर्दै पर्दैन यो मायाको डोरी।

केटी:
आज राति सपनिमा  दिलको फूलबारी बस्न आयो  एउटा भमरा
उसलाई देख्दै पागल  भए म माहुरी  थ्यो कि कुन्नी भमरा!
केटा:
त्यो दिलको ताला यो दिलको चाबीले किन हो खुल्दै  खुल्दैन!
भर रात कोसिस  गरे मैले झ्यालबाट छिर्न तर तिमी  बोलौदानी बोल्दिनौ।

केटी:
तिमी आउँछौ  सानिमा सुटुक्क भनी रोपे मैले  सप्त रङी नै फूल
यो दिलको फूलबारी  गोड्नलाई  चाहियो एउटा माली हैन फेरि हुल।
केटा:
    विज्ञापन गरेऊ तिमीले त्यो दिलको फूलबारी गोड्न माली चाहियो भनी
लेखे मैले निवेदन प्रेम पत्र दिलको कलमले कलेजीमै भरी अनि।
केटी:
दर्ता गर्छु मैले यो मुटुमा त्यो तिम्रो प्रेम पत्र  निवेदन झैँ सम्झेर 
दस रुपैयाँको टिकट टासि निवेदन हाल जागा बस्छु म तिमी आउँछौ भनेर।
केटी / केटा
यो दिलको/ त्यो दिलको फूलबारी गोड्न चाहियो एउटा माली 
चाँडो गरी निवेदन हालौँ डेल्टा भाइरस आउदैछ है यसपालि।
आफ्नै शब्द तथा रचनामा
गीतका रचनाकार 
राज कुमार कार्की 
मे न पा -१५,झापा।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्