केटी : यो मेरो मनको सुन्दर बगैँचामा सप्त रङी फूल नै फुलेन माहुरी मात्रै बस्न खोज्छन् किन होला भमरा नै डुलेन! केटा: भमरा बस्न किन हो फूलमा बास्ना नै आउँदै नै आएन! फूलमा माहुरी रस चुस्न बसेर भमराले बस्ने ठाउँ नै पाएन।
केटी: यो दिलको फूलबारी गोड्नलाई चाहियो एउटा राम्रो माली लकडाउनले गर्दा फूलमा भमरा बस्नै पाएनन् यसपालि। केटा: लेखमा फुल्ने लाली गुराँस गैरी खेतमा फुल्ने तोरी। जति गाँठो पार्न खोज्छु पर्दै पर्दैन यो मायाको डोरी।
केटी: आज राति सपनिमा दिलको फूलबारी बस्न आयो एउटा भमरा उसलाई देख्दै पागल भए म माहुरी थ्यो कि कुन्नी भमरा! केटा: त्यो दिलको ताला यो दिलको चाबीले किन हो खुल्दै खुल्दैन! भर रात कोसिस गरे मैले झ्यालबाट छिर्न तर तिमी बोलौदानी बोल्दिनौ।
केटी: तिमी आउँछौ सानिमा सुटुक्क भनी रोपे मैले सप्त रङी नै फूल यो दिलको फूलबारी गोड्नलाई चाहियो एउटा माली हैन फेरि हुल। केटा: विज्ञापन गरेऊ तिमीले त्यो दिलको फूलबारी गोड्न माली चाहियो भनी लेखे मैले निवेदन प्रेम पत्र दिलको कलमले कलेजीमै भरी अनि। केटी: दर्ता गर्छु मैले यो मुटुमा त्यो तिम्रो प्रेम पत्र निवेदन झैँ सम्झेर दस रुपैयाँको टिकट टासि निवेदन हाल जागा बस्छु म तिमी आउँछौ भनेर। केटी / केटा यो दिलको/ त्यो दिलको फूलबारी गोड्न चाहियो एउटा माली चाँडो गरी निवेदन हालौँ डेल्टा भाइरस आउदैछ है यसपालि। आफ्नै शब्द तथा रचनामा गीतका रचनाकार राज कुमार कार्की मे न पा -१५,झापा।
धन्यवाद।