स्थानिय कलाकारलाई प्राथमिकता



सैघाली खबर

दाङ, १ फाुगन । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी मेलामा स्थानिय कलाकारलाई बिषेश प्राथमिकता दिईने भएको छ । सांस्कृतिक उप समितिले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । दाङमा रहेका विभिन्न समुदायको संस्कृतिक भेषभुषा र कला संस्कृतिको विकास गर्ने उदेश्यका साथ स्थानिय कलाकारलाई प्राथमिकता दिएको संस्कृतिक उपसमितिका संयोजक मिनराज भाटले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै भाटले प्रत्येक दिन बिहान ११ बजेदेखि दिउसो २ बजे सम्म स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताउँनुभयो ।

 

त्यसका साथै दैनिक रुपमा हाँस्य कलाकार ,लोक दोहोरी, आधुनिक गायक सबै मिलाएर कलाकारहरु महोत्सबमा ल्याउँने तयारी समेत भएको जानकारी दिनुभयो । महोत्सबमा सामाजिक अभियन्ता ध्रुर्मुस सुन्तली, जनवादी गायक जीवन शर्मा, कोमल ओली, बद्री पंगेनी, हेमन्त शर्मा, गायक प्रमोद खरेल,ईन्दिरा जोशी, शंकर बिसी, रामजी खाँण, पशुपति शर्मा,सन्धा जोशी, राजा राजेन्द्र, राधिका हमाल, काली प्रसाद बास्कोटा,भुमिका गिरी, मनोज गजुरेल,मिलन लामा, चन्द्र शर्मा, कमल गाउँले लगाएतका कलाकार महोत्सबमा आउँन लागेको भाटले जानकारी दिनुभयो । महोत्सबमा सारङगी प्रतियोगिता, प्रदेश स्तरिय लोक नृत्य प्रतियोगिता, दङ्गाली गायन प्रतियोगीता, श्रीमान श्रीमतिको नृत्य प्रसतयोगिता समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन साँस्कृतिक उप समितिका संयोजक मिनराज भाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्