डोरीले बाँ’धेर युवक कु’ट्ने जाजरकोटका वडा अध्यक्ष रामबहादुर नेपाली प्र’काउ



जाजरकोटको जुनी चाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली प’क्राउ परेका छन् । स्थानीय युवकलाई डोरीले बाँ’धेर कुट’पिट गरी या’तना दिएको आरोपमा उनी प’क्राउ परेका हुन् । उनले  साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँ’धेर कुट’पिट गरेका थिए । उनले कुट’पिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदरमुकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई प’क्राउ गरिएको प्रहरीको भनाइ छ । बुधवार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

‘टाढा भएका कारण विभिन्न इलाका प्रहरी कार्यालयको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो’ उनले भने । प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्