Banner First

मलाई मुख्य मन्त्री निवासबाट निस्कनै दिइएन अ’सह्य पिडा भएपछि ट्वाइलेटको चप्पल लगाइ भागे

By Thah Online

August 05, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री (ओली)ले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा ‘बन्धक’ बनाइएको र आफू त्यहाँबाट भागेर आउन सफल भएको बताएकी छिन्।

उपचारका लागि नेपालगन्ज जान लागेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई गाडीमा बुटवल पुर्‍याएको उनको आरोप छ। आफूलाई नेकपा एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको उनले बताइन्। ‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहें,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीन वटा माइनुट जस्ता रजिस्टर मा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो।’  २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएपछि आफू मुख्यमन्त्री कार्यालयबाट भागेको उनले दाबी गरेकी छन्।