कम्युनिष्ट एक ठाउँमा नआउँदा सम्म समाजबादमा पुग्न सकिन्न – प्रचण्ड



सैघाली खबर

काठमाण्डौ फागुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट एक ठाउँमा नआउँदा सम्म समाजबादमा पुग्न नसकिने बताउँनु भएको छ । २३ औ जनयुद्ध दिवसका अबसरमा पार्टी मुख्यालय पेरिसडाँडाँमा आयोजित समारोहलाई सम्बोधन गर्दे दाहालले यस्तो बताउँनु भएको हो ।
प्रचण्डलेपार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल आग्रह गर्नुभयो ।

दिवास्वप्नले क्रान्ति पूरा नहुने बताउँदै ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर र लहडमा क्रान्ति हुँदैन,भन्नसभयो । विप्लवको दिवास्वप्नले क्रान्ति नहुने तर्क गर्दै दाहालले पार्टी एकतामा आउँन आग्र समेत गर्नुभयो ।

‘मेरो गुरु भनेर चिनिनुभएका किरण जी द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे। जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति हुँदैन  थप्नुभयो  । जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताउँनुभयो । ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ भन्नुभयो ।दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको सुनाउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्