कृषि मन्त्री साहद्वारा ३४ छात्रालाई साइकल वितरण



सप्तरी । शम्भुनाथ  नगरपालिका वडा न.१२ कुुशहा (सप्तरी)  स्थितराजोवती माध्यमिक विद्यालय कुशहा अर्नाहा,सप्तरीमा  साइकल वितरण गरिएको छ ।बिहीबार भएको एक  समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरूलाई प्रदेश-२ सरकारको बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरियो।

कक्षा ८ तह अध्ययनरत श्री राजोवती माध्यमिक विद्यालय कुशहा अर्नाहा सप्तरीमा ३४ जना छात्राहरूलाई  प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा  साइकल वितरण गरिएको छ।

सोही क्रममा  शम्भुनाथ  नगरपालिका वडा न.१२ का वडा अध्यक्ष लक्ष्मी साहले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्री भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ साथ साथै शिक्षामा अझ  वृद्धि गर्नुपर्ने  बताउनु भयो।

उहाँले भन्नुभयो साइकल वितरण गरी छात्राहरू को पहुँचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो। शम्भुनाथ  नगरपालिका वडा न. १२ का वडा अध्यक्ष लक्ष्मी साह  सहित , प्रधानाध्यापक धर्मदेव साह लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्