नवलपरासी सशस्त्र प्रहरीद्वारा पाडा नियन्त्रणमा



रवीन्द्र यादव २१ साउन नवलपरासी पश्चिम सशस्त्र प्रहरीले पाडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल बि ओ पी गुठी परसौनीको मोबाइल गस्ती टोली बिहीबार बिहान ३ बजे प्रतापपुर गाउँपालिकाको वडा नं ५ बैदौली पुलबाट राति बिहान ३ बजे ९ वटा पाडा पक्राउ गरेको हो । पक्राउ परेका पाडाको मूल्य अन्दाजी १ लाख ८० हजार मूल्य बराबर रहेको छ ।

पाडाहरू भारतबाट भन्सार छली ल्याइएकोले आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्