काश्मीरबाट धारा ३७० हटेपछि विकासको लागि उदार भारत सरकार



कृष्ण नगर , साउन २१ । कृष्ण नगर बार्डर सेटेका भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताको लागि एउटा संस्थाद्वारा विचार गोष्ठी राखिएको थियो । नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,सञ्चारकर्मीलाई समेट्ने गरी आयोजन गरिएको कार्यक्रममा भारत सीमा क्षेत्रमा अमन चाहेकोले राजेन्द्र सिंह सेवा संस्थानले गोष्ठी आयोजन गरेकोमा वाक्ताहरुले बधाई दिँदै सीमादेखि सेटेका बढ्नी बजार अवस्थित आर्य कन्या विद्यालयमा चियापानसङै सुरु भएको कार्यक्रममा भारत सरकारका विभिन्न ऐतिहासिक फैसलाहरू बारे पनि चर्चा गरेका हुन ।

भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएको समाजसेवी वाक्ता राजेश चन्द शर्माको भनाई थियो । अहिले भारत सरकारले कश्मीरको सर्वाङ्गीण विकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेको छ भने त्यहाँका युवायुवती लक्षित स्वरोजगार तालिमहरू पनि निरन्तर दिँदै आएको वाक्ताहरुले बताए ।

मेडिकल कलेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरूमा पारदर्शिता पनि हुँदै आएको छ भने स्थानीय स्तरमा सामाजिक बिका सलाई विशेष जोड दिएको भारतीय पत्रकार अजय गुप्ताको भनाई थियो । कार्यक्रममा एसएसपी पदाधिकारी ,राजनीतिक दलका प्रतिनिधि , सञ्चारकर्मी लगायत सामाजिक तथा प्रशासनिक बुद्धिजीवीको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्